काठमाडौं– प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र रास्वपा सभापति रवि लामिछानेबीच भएको पछिल्लो छलफलमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसहित केही मन्त्रीहरूको कार्यसम्पादनबारे समीक्षा भएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री बालेन अर्थमन्त्री वाग्लेको कार्यशैली, बजेट, सेयर बजारको अवस्था तथा धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिलाई लिएर असन्तुष्ट छन् ।
उता रवि लामिछानेले स्वास्थ्य, शिक्षा, महिला, पर्यटन र कृषि मन्त्रालयको कार्यसम्पादनमाथि प्रश्न उठाएका छन् ।
छलफलमा कार्यसम्पादनका आधारमा केही मन्त्रीको जिम्मेवारी हेरफेर गर्ने विषयमा समेत प्रारम्भिक छलफल भएको स्रोतको दाबी छ ।
यद्यपि प्रधानमन्त्रीको सचिवालयले तत्काल मन्त्रिपरिषद् पुनर्गठनको कुनै तयारी नरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्























