images
images
  • पुराना दल चुनावपछि झन् कमजोर : गगन, ओली र प्रचण्ड–माधव हटाउन झाङ्गीयो बलियो गुटबन्दी

    काठमाडौं– संसद्मा सरकारविरुद्ध एकजुट देखिएका प्रमुख विपक्षी दलहरू आफ्नै पार्टीभित्रको नेतृत्व विवाद, गुटबन्दी र शक्ति संघर्षका कारण कमजोर बन्दै गएका छन् ।

    नेपाली कांग्रेस, एमाले, नेकपा, राप्रपा, मधेसवादी दलहरू तथा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समेत नेतृत्व हस्तान्तरण, संगठन सञ्चालन र भागबन्डाको विवादमा अल्झिएका छन् ।

    कांग्रेसमा १५औँ महाधिवेशनको नेतृत्वलाई लिएर गगनकुमार थापा, पूर्णबहादुर खड्का र डा.शेखर कोइराला समूहबीच तीव्र शक्ति संघर्ष छ ।

    सदस्यता र समायोजन विवादले पार्टीभित्र थप ध्रुवीकरण बढाएको छ ।

    एमालेमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व परिवर्तनको माग चर्किएको छ ।

    निर्वाचन परिणामपछि संगठन र कार्यशैलीमाथि प्रश्न उठाउँदै युवा नेताहरूले पार्टी पुनर्संरचनाको अभियान अघि बढाएका छन् ।

    नेकपामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमबीच नेतृत्व र संगठन सञ्चालनलाई लिएर मतभेद बढ्दै गएको छ ।

    राप्रपामा अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति असन्तुष्टि बढ्दै जाँदा विभाजनको जोखिम देखिएको छ भने मधेसवादी दलहरू पछिल्लो निर्वाचनको कमजोर प्रदर्शनपछि अस्तित्व जोगाउन नयाँ मोर्चाबन्दीको प्रयासमा छन् ।

    उता रास्वपाभित्र पनि पदाधिकारी चयन र सरकार सञ्चालनको विषयमा असन्तुष्टि देखिएको छ ।

    केही सांसदले आफ्नै सरकारविरुद्ध सार्वजनिक रूपमा असन्तुष्टि जनाउँदै आएका छन् ।

    समग्रमा, सरकारमाथि दबाब सिर्जना गर्न खोजिरहेका पुराना दलहरू आन्तरिक विवादकै कारण संगठनात्मक रूपमा कमजोर बन्दै गएको विश्लेषण गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images