images
images
  • गणेश नेपालीको परिवारसँग सरकारको ९ बुँदे सहमति (सहमतिपत्रसहित)

    काठमाडौं– मुगुका गणेश नेपालीको आत्मदाह प्रकरणपछि सरकार, काठमाडौं महानगरपालिका र पीडित परिवारबीच ९ बुँदे सहमति भएको छ ।

    सहमतिअनुसार परिवारलाई उचित राहत उपलब्ध गराइने, गणेश नेपालीकी छोरीको उच्च शिक्षासम्मको व्यवस्था गरिने, श्रीमतीलाई रोजगारी प्रदान गरिने तथा घटनाको निष्पक्ष अनुसन्धान गरिनेछ ।

    राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका नेपालीको असार २५ गते वीर अस्पतालको बर्न युनिटमा उपचारका क्रममा निधन भएको थियो ।

    सहमति नहुँदासम्म परिवारले शव बुझ्न अस्वीकार गरेको थियो ।

    सहमतिपत्र :

    1 3 2 4

    प्रतिक्रिया दिनुहोस्
    images
    images