काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ आइतबार बिहान एक्लै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बूढानीलकण्ठस्थित निवास पुगेका छन् ।
करिब चार घण्टा चलेको भेटमा सरकारको सय दिनको समीक्षा, मन्त्रिपरिषद् पुनर्गठन, रास्वपाका पदाधिकारी मनोनयन र पार्टी विधानका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।
भेटमा सुकुमवासी व्यवस्थापन र पछिल्लो समय सरकारप्रति बढ्दो असन्तुष्टिबारे पनि कुराकानी भएको बताइएको छ ।
विशेषगरी संसदीय दलको नेतृत्व परिवर्तन र वरिष्ठ नेता मनोनयनसम्बन्धी विधानका प्रावधानलाई लिएर बालेन पक्षले असन्तुष्टि जनाएको स्रोतको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्























