images
images
  • कहाँ पुग्यो दुर्गा–धवलको नयाँ पार्टी गठन प्रक्रिया ?

    काठमाडौं– धवल शम्शेर राणा र दुर्गा प्रसाईं नेतृत्वमा नयाँ राजनीतिक दल गठनको तयारी अन्तिम चरणमा पुगेको छ ।

    पार्टीको विधानलाई अन्तिम रूप दिने काम भइरहेको तथा पार्टीको नाम, चुनाव चिह्न र अन्य संगठनात्मक विषयमा छलफल जारी रहेको धवल शम्शेरले बताएका छन् ।

    उनका अनुसार केही समयभित्रै नयाँ पार्टी औपचारिक रूपमा घोषणा गरिनेछ ।

    राप्रपा परित्याग गरेका धवल शम्शेरलाई दुर्गा प्रसाईंसहित राप्रपाका विभिन्न तहका करिब १८६ नेताले साथ दिएका छन् ।

    पार्टी घोषणाअघि नै विभिन्न विभागीय जिम्मेवारीसमेत बाँडफाँट गरिएको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images