images
images
  • कांग्रेस इतरपक्षले भन्यो– ‘कांग्रेस फुट्यो, एकताको सम्भावना छैन’

    काठमाडौं– नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप गहिरिँदै गएको छ ।

    पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी ९० प्रतिशत विभाजनको रेखामा पुगेको बताएका छन् ।

    नेता मीन विश्वकर्माका अनुसार खड्काले आफू विभाजन गरेर नयाँ पार्टी नबनाउने स्पष्ट गर्दै अन्तिमसम्म एकताको प्रयास गर्ने बताएका छन् ।

    तर, संस्थापन पक्षबाट कुनै संवाद वा सकारात्मक पहल नभएकाले मिल्ने सम्भावना कमजोर बन्दै गएको उनको भनाइ छ ।

    उता, डा। प्रकाशशरण महतले विराटनगर पुगेर डा. शेखर कोइरालासँग भेटवार्ता गरेका छन् ।

    संस्थापनइतर समूहले साउन ६ गते बीपी स्मृति दिवसका अवसरमा राष्ट्रिय भेलाको मिति तय गर्ने तयारी गरेको छ ।

    संस्थापन र इतर समूहबीच प्रस्ताव आदान–प्रदान भए पनि नेतृत्वबाट कुनै औपचारिक प्रतिक्रिया नआएकाले कांग्रेसभित्रको शक्ति संघर्ष अब निर्णायक मोडमा पुगेको नेताहरूको निष्कर्ष छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images