images
images
  • प्रधानमन्त्री बालेन भारत जाँदै, भ्रमण मिति तय हुँदै

    काठमाडौं– प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा परराष्ट्र मन्त्रालयले गरेको गोप्य ब्रिफिङपछि प्रधानमन्त्री बालेन्द्र शाहको सम्भावित भारत भ्रमणबारे चर्चा चुलिएको छ ।

    समितिको असार २३ गतेको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सम्बन्ध, कूटनीतिक संवाद तथा आगामी द्विपक्षीय भेटघाटबारे सांसदहरूलाई जानकारी दिएका थिए ।

    त्यसक्रममा भारतीय विदेश मन्त्रालयको प्रतिनिधिमण्डल नेपाल आउने र द्विपक्षीय एजेन्डामा छलफल हुने जानकारी पनि दिइएको बताइएको छ ।

    यही ब्रिफिङको केही दिनपछि भारतीय सञ्चारमाध्यमहरूले प्रधानमन्त्री शाहको भारत भ्रमण छिट्टै हुने दाबी गरेका छन् ।

    एएनआई र फर्स्टपोस्टले भ्रमणको मिति र कार्यसूची मिलाउने तयारी भइरहेको उल्लेख गरेका छन् ।

    यसअघि परराष्ट्रमन्त्री खनालले प्रधानमन्त्री शाहले भारत भ्रमणको निमन्त्रणा प्राप्त गरिसकेको जानकारी दिएका थिए ।

    पछिल्लो घटनाक्रमसँगै नेपाल–भारत उच्चस्तरीय कूटनीतिक भेटघाटको तयारी तीव्र भएको संकेत देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images