images
images
  • एक सातामै सेयर लगानीकर्ताले गुमाए ८७ अर्ब

    काठमाडौं– यस साता नेपाली सेयर बजारमा लगातार दबाब देखियो ।

    कारोबार भएका ६ दिनमध्ये एक दिन मात्र बजार बढ्दा नेप्से सूचक समग्रमा ५२.६२ अङ्कले घटेर २६००.७८ विन्दुमा बन्द भयो ।

    बजार घटेसँगै कुल बजार पुँजीकरण पनि करिब ८७ अर्ब रुपैयाँले खुम्चिएको छ ।

    गत साताको ४५ खर्ब ५९ अर्ब रुपैयाँ रहेको पुँजीकरण घटेर करिब ४४ खर्ब ७२ अर्ब रुपैयाँमा पुगेको  छ।

    कारोबार रकम भने दैनिक औसत ३ अर्ब रुपैयाँको हाराहारीमै रह्यो ।

    यसबीच नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बजार सुधारका लागि आवश्यक रिफर्ममा काम भइरहेको भन्दै लगानीकर्तालाई नआत्तिन आग्रह गरे पनि त्यसको सकारात्मक प्रभाव बजारमा देखिएन। शुक्रबार पनि नेप्से सामान्य १.१३ अङ्कले घटेर बन्द भयो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images