काठमाडौं– महालक्ष्मी विकास बैंकको काठमाडौंले काठमाडौं महानगरपालिका–३० ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हबको औपचारिक उद्घाटन कार्यक्रम सम्पनन भएको छ ।
शुक्रबार एक कार्यक्रमबीच बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले उक्त हबको उद्घान गरेका हुन् ।
सो कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरू प्रमुख कार्यकारी अधिकृत लगायतका व्यवस्थापन समितिका उच्च पदाधिकारी र बैंकका कर्मचारीको उपस्थिति रहेको थियो ।
डिजिटल बैकिङ सेवालाई आधुनिकीकरण, सुरक्षित, प्रविधि तथा ग्राहकमैत्री बनाउँदै लैजाने बैकको नीतिलाई निरन्तरता दिँदै बैकिङ सेवामा नवीनतम अवधारणाको प्रयोगको रूपमा कफी लाउन्जको सुविधासमेत थप गरिएको छ ।
जसअन्तर्गत ग्राहकले आरमदायी वातावरणमा बसेर नगद रकम जम्मा गर्ने, चेक क्ििलयरिङ गर्ने, नगद झिक्ने तथा अन्य विद्युतीय कारोबारहरूको विशिष्ट अनुभव लिन सक्नेछन् ।
नेपालको बैकिङ क्षेत्रमा यस प्रकारको सेवा प्रदान गर्नेमा महालक्ष्मी विकास बैंक सम्भवतः पहिलो बैंक हुनुपर्छ ।
डिजिटल प्रविधिको प्रयोगमा युवाहरूलाई आकर्षित गर्न तथा ग्राहकहरू माझ पहुँच विस्तार गर्न सञ्चालनमा ल्याइएको यस कफी लाउन्जसहितको डिजिटल हबमार्फत डिजिटल बैकिङ सेवासम्बन्धी परामर्शसमेत प्रदान गरिने भएकोले ग्राहकहरूको लागि सिकाइ र अनुभवको केन्द्र बन्ने अपेक्षा बैकले लिएको छ ।


विश्व खबर 




















