काठमाडौं– गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर शुक्रबार काठमाडौंको माइतीघर मण्डलमा संयुक्त विद्यार्थी संगठनले प्रदर्शन गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बाले) को पुत्ला दहन गरेका छन् ।
प्रदर्शनका क्रममा केहीबेर तनावको अवस्था सिर्जना भएको थियो ।
प्रदर्शनकारीहरूले गणेश नेपालीलाई न्यायको माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए ।
बिहीबार त्रिपुरेश्वरमा महानगर प्रहरीसँग विवाद भएपछि गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए ।
गम्भीर घाइते भएका उनको शुक्रबार बिहान वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्























