images
images
  • मौद्रिक नीतिपछि नेप्से ५० अंक घट्यो

    काठमाडौं– नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेयता लगातार तीन कारोबार दिनमा नेप्से परिसूचक कुल ५० अंकले घटेको छ ।

    बुधबार ३०.०९, बिहीबार १९.६७ र शुक्रबार १.१३ अंक घट्दै नेप्से २६००.७८ बिन्दुमा बन्द भएको हो ।

    मौद्रिक नीतिमा सेयर धितो कर्जाको सीमासम्बन्धी व्यवस्थाले लगानीकर्तामा अन्योल सिर्जना गरेको छ ।

    साथै असार मसान्तमा बैंकको साँवा–ब्याज भुक्तानीका लागि सेयर बिक्री बढ्दा बजारमा आपूर्ति पनि उच्च भएको विश्लेषण गरिएको छ ।

    शुक्रबार कारोबार रकम भने बढेर ६ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ ।

    कारोबारमा १२० कम्पनीको सेयर मूल्य बढ्दा १३५ कम्पनीको घटेको र १९ कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images