images
images
  • गणेश नेपाली आत्मदाह प्रकरण : सदनदेखि सडकसम्म प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    काठमाडौं– मुगुका गणेश नेपालीको आत्मदाहपछि उपचारका क्रममा मृत्यु भएको घटनालाई लिएर राष्ट्रिय सभा र सडक दुवै ठाउँबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरिएको छ ।

    राष्ट्रिय सभाको शुक्रबारको बैठकमा नेकपा सांसद विष्णुबहादुर विश्वकर्माले सरकारले नैतिक जिम्मेवारी लिनुपर्ने भन्दै प्रधानमन्त्री बालेन शाहले तत्काल राजीनामा दिनुपर्ने माग गरे ।

    उनले आगोमा जलिरहेका गणेश नेपालीलाई प्रहरीले अमानवीय व्यवहार गर्दै घिसारेर अस्पताल पुर्‍याएको आरोप लगाउँदै संलग्न प्रहरीमाथि कडा कारबाहीको माग पनि गरे ।

    उता, वीर अस्पताल परिसरमा पनि प्रदर्शनकारीहरूले गणेश नेपालीको मृत्युको नैतिक जिम्मेवारी प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङले लिनुपर्ने भन्दै दुवैको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् ।

    महानगर प्रहरीसँग विवादपछि बिहीबार आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको शुक्रबार उपचारकै क्रममा मृत्यु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images