काठमाडौं– नेपाली कांग्रेसका सांसद खडकबहादुर शाहीले गणेश नेपालीको मृत्यु भइसकेपछि पनि सरकारले तथ्य लुकाएर ‘नाटक’ गरेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभामा बोल्दै उनले चिकित्सकहरूले गणेश नेपालीको बाँच्ने सम्भावना अत्यन्त न्यून रहेको बताएको र राति नै मृत्यु भइसके पनि सरकारले बिहानसम्म घोषणा नगरेको दाबी गरे ।
शाहीले स्वास्थ्य मन्त्रालय र वीर अस्पताल प्रशासनसँग मृत्यु घोषणा ढिलाइ भएको विषयमा प्रश्न उठाएको बताउँदै उपचार भइरहेको भन्दै पत्रकार सम्मेलन गर्नु गलत भएको आरोप लगाए ।
सरकारले हैकमवादी शैली अपनाएको आरोप लगाउँदै उनले मुगुवासीसहित न्यायप्रेमी सबै नेपालीलाई सरकारविरुद्ध वीर अस्पतालमा आन्दोलनमा सहभागी हुन आह्वान गरे ।
प्रतिक्रिया दिनुहोस्























