images
images
  • गणेश नेपाली मृत्यु प्रकरण : रवि–बालेनको ढोङ छरपस्ट, सत्ताबाहिर स्टन्ट, सत्तामा हुँदा मुखमा ताल्चा

    काठमाडौं– त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि सत्ता पक्षको मौनतामाथि प्रश्न उठेको छ ।

    नगर प्रहरीले मोटरसाइकलमा ह्विललक लगाई जरिवाना गरेपछि राहदानी विभाग अगाडि उनले आफ्नै शरीरमा आगो लगाएका थिए ।

    उपचारका क्रममा उनको वीर अस्पतालमा निधन भयो ।

    यस घटनापछि सामाजिक सञ्जालमा प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूको पुरानो अभिव्यक्ति पुनः चर्चामा आएको छ ।

    प्रेमप्रसाद आचार्यको आत्मदाह प्रकरणमा राज्यको ‘चरम असफलता’ भन्दै चर्को आलोचना गरेका उनीहरू गणेश नेपालीको घटनामा भने अपेक्षाकृत मौन रहेको भन्दै आलोचना भइरहेको छ ।

    त्यसबेला आत्मदाहलाई राज्यको असफलताको प्रतीक बताउने बालेन शाह, रवि लामिछाने, रञ्जु दर्शना लगायत नेताहरू अहिले सत्तामा पुगेपछि उस्तै संवेदनशीलता नदेखाएको आरोप सामाजिक सञ्जालमा उठिरहेको छ ।

    रञ्जु दर्शनाले घटनापछि प्रतिक्रिया दिए पनि हिजोको जस्तो आक्रोशपूर्ण अभिव्यक्ति भने देखिएको छैन ।

    यस घटनाले फेरि एकपटक सत्ता बाहिर हुँदा र सत्ता भित्र पुगेपछि राजनीतिक दल र नेताहरूको अभिव्यक्तिमा देखिने फरक व्यवहारबारे बहस सुरु भएको छ ।

    743658728 1563451695134109 484514499050872027 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images