images
images
  • गणेश नेपालीको घटनामा प्रधानमन्त्री बालेन चुपचाप, संसद्‌मा विपक्षीले उठाए प्रश्न

    काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राइड सेयरिङ चालक गणेश नेपालीको आत्मदाह प्रयासको घटनामा प्रधानमन्त्री बालेन शाहको मौनतामाथि प्रश्न उठाएको छ ।

    प्रतिनिधिसभामा बोल्दै कांग्रेस प्रमुख सचेतक बासना थापाले राहदानी विभागअघि भएको घटनापछि प्रधानमन्त्रीले कुनै प्रतिक्रिया नदिएको भन्दै जवाफ मागिन् ।

    उनले २०७९ मा प्रेम आचार्यको आत्मदाह घटनापछि बालेनले उठाएका प्रश्न स्मरण गराउँदै अहिले सरकारको नेतृत्वमा हुँदा किन मौन बसेको भनी प्रश्न गरिन् ।

    थापाले घटनाका क्रममा घाइतेको उद्धारमा राज्य असफल भएको आरोप लगाउँदै सरकारले न्याय, सुशासन र नागरिक सुरक्षामा ध्यान दिनुपर्ने बताइन् ।

    उनले यस्ता दुःखद घटना दोहोरिन नदिन सरकार गम्भीर बन्नुपर्ने पनि आग्रह गरिन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images