images
images
  • छुनै नसकिने सुन–चाँदीको मूल्यमा भारी गिरावट (मूल्यसहित)

    काठमाडौं– स्थानीय बजारमा आज सुन–चाँदीको मूल्य बढेको छ ।

    हिजो बिहीबारको तुलनामा सुन तोलामा रु दुई हजार ७०० र चाँदी रु १७० ले बढेको हो ।

    नेपाल सुन–चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुुन प्रतितोला रु दुई लाख ८७ हजार ४०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ५१० कायम भएको छ ।

    हिजो छापावाल सुुन प्रतितोला रु दुई लाख ८४ हजार ७०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ३४० मा कारोबार भएको थियो ।

    गत बुधबार एक तोला छापावाल सुुनरु दुई लाख ८७ हजार १०० र चाँदी रु चार हजार ५०० मा खरिदबिक्री भएको थियो ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १२० र चाँदी ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images