images
images
  • सेयर बजार लगातार दोस्रो दिन घट्यो, नेप्से २६०१ अंकमा

    काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार १९.६७ अंकले घटेर २६०१ अंकमा पुगेको छ ।

    अघिल्लो दिन पनि बजार ३० अंकले घटेको थियो ।

    कारोबार रकम ४ अर्ब ६१ करोड रुपैयाँमा सीमित रह्यो, जुन अघिल्लो दिनको ४ अर्ब ८२ करोडभन्दा कम हो ।

    आज ४२ कम्पनीको सेयर मूल्य बढ्दा २२९ कम्पनीको घट्यो भने ६ कम्पनीको मूल्य स्थिर रह्यो ।

    सबै समूहगत सूचक ओरालो लागेका छन् ।

    उपकार लघुवित्त र स्नो रिभर्सका लगानीकर्ताले सबैभन्दा बढी लाभ कमाउँदा सालपा विकास बैंक, थ्रीस्टार हाइड्रोपावर र ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य सबैभन्दा धेरै घट्यो ।

    मौद्रिक नीति सार्वजनिक भएको दोस्रो दिन पनि बजारमा गिरावट देखिएको हो ।

    सेयर धितो कर्जाको सीमा संस्थाको सबलताका आधारमा निर्धारण गर्ने व्यवस्थाले लगानीकर्तामा अन्योलता बढाएको विश्लेषण गरिएको छ ।

    साथै, असार मसान्तअघि बैंकको किस्ता तथा ब्याज भुक्तानीका लागि लगानीकर्ताले सेयर बिक्री बढाउँदा पनि बजारमा दबाब परेको देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images