images
images
  • चीनका लागि ७ पूर्वराजदूतको प्रश्न– दलाई लामाको जन्मदिन सरकारकै सहमतिमा मनाइयो ?

    काठमाडौं– चीनका लागि नेपालका सात पूर्वराजदूतले काठमाडौंमा दलाई लामाको ९१औँ जन्मजयन्ती मनाइएको घटनाप्रति आपत्ति जनाउँदै सरकारसँग स्पष्टिकरण मागेका छन् ।

    संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले उक्त कार्यक्रम सरकारको सहमतिमा भएको हो भने त्यसले नेपालको एक–चीन नीति र चीनसँगको दीर्घकालीन कूटनीतिक सम्बन्धमा असर पार्ने बताएका छन् ।

    साथै, नेपालले छिमेकीप्रतिको परराष्ट्र नीति परिवर्तन गरेको हो भन्ने प्रश्न पनि उठाएका छन् ।

    पूर्वराजदूतहरूले यस्ता गतिविधिले नेपालको भू–राजनीतिक सन्तुलन, स्थायित्व र राष्ट्रिय हितमा नकारात्मक प्रभाव पर्न सक्ने भन्दै सरकारलाई सतर्क रहन आग्रह गरेका छन् ।

    काठमाडौंको नामग्याल विद्यालयमा असार २२ गते दलाई लामाको जन्मोत्सव मनाइएको थियो ।

    कार्यक्रमअघि जिल्ला सुरक्षा समितिले छलफल गरेको र अनुमति दिएको समाचार आए पनि जिल्ला प्रशासन कार्यालयले आधिकारिक रूपमा यसबारे स्पष्टीकरण दिएको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images