काठमाडौं– वामदेव गौतम नेतृत्वको नेकपा समूहका ६ जना केन्द्रीय नेताहरू बिहीबार नेकपा (एमाले)मा फर्किएका छन् ।
एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टीमा स्वागत गरेका हुन् ।
एमालेमा फर्किने नेताहरूमा डीबी कार्की, राधेश्याम गुप्ता, विद्याप्रसाद शर्मा, भोला बराल, दीपक इटानी र रविन्द्र बम रहेका छन् ।
डीबी कार्की पहिलो संविधानसभामा एमालेबाट निर्वाचित सदस्य थिए र लामो समयदेखि वामदेव गौतम समूहमा सक्रिय थिए ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















