काठमाडौं– चालु आर्थिक वर्षको अन्तिम चरणमा सरकारले खर्चको गति तीव्र बनाएको छ ।
बुधबार मात्रै सरकारले १७ अर्ब ९ करोड रुपैयाँ बराबर भुक्तानी गरेको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकले देखाएको छ ।
बुधबारसम्म कुल बजेट खर्च १५ खर्ब ३१ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ ।
कानुनी व्यवस्थाअनुसार भुक्तानीका चेक काट्ने अन्तिम दिन भएकाले भुक्तानी प्रणालीमा चाप बढ्दा स्थानीय तहको सूत्र प्रणाली समेत प्रभावित भएको छ ।
यता, सरकारले ४ खर्ब ७ अर्ब रुपैयाँ पूँजीगत खर्चको लक्ष्य राखे पनि बुधबारसम्म १ खर्ब ६३ अर्ब १७ करोड रुपैयाँ अर्थात् करिब ४० प्रतिशत मात्र खर्च भएको छ ।
राजस्वतर्फ भने १४ खर्ब ८० अर्ब रुपैयाँ लक्ष्य रहेकामा हालसम्म ११ खर्ब ५६ अर्ब रुपैयाँ मात्रै संकलन भएको छ, जुन लक्ष्यको ७८.१५ प्रतिशत हो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















