काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पछिल्लो तीन महिनामा १,७५४ बचतकर्तालाई २ करोड ६३ लाख ९० हजार रुपैयाँ फिर्ता गरेको छ भने बचत मिलानसहित कुल ४ करोड ४३ लाख ४८ हजार रुपैयाँ बराबरको रकम व्यवस्थापन गरेको जनाएको छ ।
समितिले पहिलो चरणमा १० हजार रुपैयाँसम्मका बचत फिर्ता गरिसकेको र अब दोस्रो चरणमा ज्येष्ठ नागरिक, एकल महिला तथा गम्भीर बिरामीलाई प्राथमिकता दिँदै अधिकतम २५ हजार रुपैयाँसम्म फिर्ता गर्ने तयारी गरेको छ ।
यसैबीच, ठूला ऋणीहरू सम्पर्कमा नआएकाले उनीहरूलाई कालोसूचीमा राख्ने, राहदानी रोक्का गर्ने तथा विदेशमा रहेका ऋणीसँग समेत भर्चुअल माध्यमबाट सम्पर्क गरी असुली प्रक्रिया अघि बढाइने समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















