images
images
  • सन् २०२६ मा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत रहने एडिबीको प्रक्षेपण

    काठमाडौं– एसियाली विकास बैंक (एडिबी) ले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने प्रक्षेपण गरेको छ। बैंकका अनुसार सन् २०२५ मा नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत रहनेछ भने सन् २०२७ मा ४.५ प्रतिशत पुग्ने अनुमान गरिएको छ।

    सरकारले आगामी आर्थिक वर्षका लागि ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखे पनि एडिबीको प्रक्षेपण त्यसभन्दा निकै कम छ। चालु आर्थिक वर्षमा ६ प्रतिशतको लक्ष्य राखिएको भए पनि संशोधित अनुमान ३.८५ प्रतिशतमा सीमित भएको छ।

    एडिबीले विश्व अर्थतन्त्रमा बढ्दो अनिश्चितता, मूल्यवृद्धि र आपूर्ति शृंखलामा देखिएका अवरोधका कारण सन् २०२६ मा एसिया–प्रशान्त क्षेत्रकै आर्थिक वृद्धि सुस्त रहने जनाएको छ।

    दक्षिण एसियामा भारत ६.६ प्रतिशत वृद्धिसहित अग्रस्थानमा रहने अनुमान गरिएको छ भने नेपाल ३.९ प्रतिशतसहित श्रीलंका (४ प्रतिशत) भन्दा केही कम र बंगलादेश तथा पाकिस्तान (३.७ प्रतिशत) भन्दा केही माथि रहने प्रक्षेपण गरिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images