images
images
  • लगातार सुन–चाँदीको मूल्य घटेको घट्यै (मूल्यसहित)

    काठमाडौं– स्थानीय बजारमा आज सुन–चाँदीको मूल्य घटेको छ ।

    हिजो बुधबारको तुलनामा सुन तोलामा रु दुई हजार ४०० र चाँदी रु १६० ले घटेको हो ।

    नेपाल सुन–चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुुन प्रतितोला रु दुई लाख ८४ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३४० कायम भएको छ ।

    हिजो छापावाल सुन प्रतितोला रु दुई लाख ८७ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ५०० मा कारोबार भएको थियो ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७५ र चाँदी ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images