images
images
  • सेयर बजार ३० अंकले घट्यो, किन देखियो यस्तो असर ?

    काठमाडौं– मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३० अंकले घटेर २६२१ बिन्दुमा झरेको छ ।

    अघिल्लो दिन भने बजार २४ अंकले बढेको थियो ।

    बजार घटे पनि कारोबार रकम भने बढेको छ ।

    मंगलबार ४ अर्ब ४० करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ४ अर्ब ८२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो ।

    २५ कम्पनीको सेयर मूल्य बढ्दा २४७ कम्पनीको घट्यो ।

    विश्लेषकका अनुसार मौद्रिक नीतिमा संस्थाको वित्तीय सबलताका आधारमा सेयर धितो कर्जा सीमा निर्धारण गरिने व्यवस्था उल्लेख भएपछि लगानीकर्तामा चासो र अन्योल बढेको हो ।

    यसले विशेषगरी जलविद्युत् कम्पनीका सेयरमा दबाब सिर्जना गरेको देखिएको छ ।

    यसबाहेक, लगानीकर्ताले मौद्रिक नीतिबाट थप राहत र प्रोत्साहनको अपेक्षा गरेका थिए ।

    अपेक्षाअनुसार नयाँ व्यवस्था नआएको तथा असार मसान्तमा बैंकको किस्ता भुक्तानी गर्नुपर्ने दबाबका कारण पनि बिक्री चाप बढ्दा बजार घटेको विश्लेषण गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images