काठमाडौं– प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा पूर्वगभर्नर, बैंकर तथा निजी क्षेत्रका प्रतिनिधिले आगामी आर्थिक वर्षको मौद्रिक नीति समयानुकूल, व्यावहारिक र अर्थतन्त्र पुनरुत्थानमुखी बनाउन सुझाव दिएका छन् ।
उनीहरूले बजेटले समेट्न नसकेका विषय मौद्रिक नीतिमार्फत सम्बोधन गर्न, नेपाल राष्ट्र बैंकको स्वायत्तता कायम राख्न तथा वित्तीय र मौद्रिक नीतिबीच समन्वय हुनुपर्नेमा जोड दिए ।
पूर्वगभर्नरहरूले मूल्य स्थिरता, उत्पादन वृद्धि र खराब कर्जा व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने बताए भने निजी क्षेत्रले लगानी, उत्पादन र रोजगारी प्रवर्द्धन गर्ने नीतिगत सहजीकरणको माग गरेको छ ।
बैंकरहरूले बैंकिङ प्रणालीलाई थप सुदृढ बनाउन कानुनी सुधार, खराब कर्जा व्यवस्थापनमा लचकता र नियामक निकायको अभिभावकीय भूमिका आवश्यक रहेको धारणा राखेका छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















