images
images
  • सर्वाधिक जनसंख्या भएका १० देशमध्ये ८ किन पुगेनन् विश्वकपमा ?

    काठमाडौं– विश्वका सबैभन्दा बढी जनसंख्या भएका १० देशमध्ये यसपटकको फुटबल विश्वकपमा केवल अमेरिका र ब्राजिल मात्र सहभागी भए ।

    भारत, पाकिस्तान, बंगलादेश र इथियोपियाले अहिलेसम्म विश्वकप खेल्न सकेका छैनन् भने चीन र इन्डोनेसियाले एक–एक पटक मात्र सहभागिता जनाएका छन् ।

    विशेषज्ञहरूका अनुसार ठूलो जनसंख्या मात्र विश्वकप पुग्ने आधार होइन ।

    सफल हुन बलियो फुटबल संरचना, गुणस्तरीय प्रशिक्षण, प्रतिभा विकास प्रणाली, आर्थिक लगानी र दीर्घकालीन योजना आवश्यक पर्छ ।

    साथै, फुटबलको लामो इतिहास र प्रतिस्पर्धात्मक अनुभव भएका राष्ट्रहरू नै विश्वकपमा निरन्तर सफल देखिएका छन् ।

    दक्षिण एसियामा क्रिकेटको लोकप्रियताले पनि फुटबलको विकासमा असर गरेको मानिन्छ ।

    भारत र बंगलादेशमा धेरै प्रतिभा क्रिकेटतर्फ आकर्षित हुने गरेका छन् ।

    चीनमा भने राजनीतिक हस्तक्षेप, कमजोर फुटबल प्रशासन र लगानीको अपेक्षित प्रतिफल नआउनु मुख्य चुनौती बनेको विश्लेषण गरिएको छ ।

    विशेषज्ञहरूको निष्कर्ष छ, विश्वकप पुग्न जनसंख्या होइन, प्रभावकारी योजना, पूर्वाधार, सुशासन र दीर्घकालीन फुटबल विकास नै निर्णायक आधार हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images