काठमाडौं– फ्रान्सका कप्तान किलियन एम्बाप्पे फिफा विश्वकप–२०२६ को गोल्डेन बुट दौडमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीभन्दा अघि उक्लिएका छन् ।
दुवैले जारी विश्वकपमा ७–७ गोल गरे पनि एम्बाप्पेका २ असिस्ट रहेकाले उनी अग्रस्थानमा पुगेका हुन् ।
आइतबार बिहान पाराग्वेविरुद्ध प्रिक्वार्टरफाइनलमा एम्बाप्पेको निर्णायक गोलमा फ्रान्स १–० ले विजयी हुँदै क्वार्टरफाइनलमा प्रवेश गर्यो ।
२७ वर्षीय एम्बाप्पेले पाँच खेलमा ७ गोल र २ असिस्ट गरेका छन् भने ३९ वर्षीय मेसीले पनि ७ गोल गरेका छन्, तर असिस्ट गर्न सकेका छैनन् ।
विश्वकप इतिहासमा मेसीको कुल गोलसंख्या २० पुगेको छ भने एम्बाप्पे १९ गोलसहित त्यस कीर्तिमानभन्दा केवल एक गोलले पछाडि छन् ।
२०२२ विश्वकपको गोल्डेन बुट विजेता एम्बाप्पे यसपटक पनि उक्त अवार्डका प्रमुख दाबेदार बनेका छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















