काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम बुधबार आयोजना हुँदैछ ।
चितवनको भरतपुरमा सम्पन्न महाधिवेशनबाट निर्वाचित ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्यले बुधबार शपथ लिने कार्यक्रम तय भएको हो ।
शपथ ग्रहणपछि केन्द्रीय समितिको पहिलो बैठक पनि बस्ने तयारी गरिएको छ । पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटी आचार्यका अनुसार बैठकले मनोनीत पदाधिकारी तथा केन्द्रीय सदस्य चयनलगायत संगठनात्मक विषयमा आवश्यक निर्णय गर्नेछ ।
रास्वपाको पहिलो महाधिवेशन असार ७ देखि १२ गतेसम्म भरतपुरमा सम्पन्न भएको थियो । महाधिवेशनले पार्टी सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गरेको थियो ।
लामिछानेले भने महाधिवेशनको समापन समारोहकै क्रममा भरतपुरमा सभापतिको शपथ ग्रहण गरिसकेका छन्।
प्रतिक्रिया दिनुहोस्























