images
images
  • एक महिनाभित्र घुमाउने पुल निर्माण थाल्ने मन्त्री लम्सालको प्रतिबद्धता

    तनहुँ– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तनहुँ र चितवन जोड्ने घुमाउने पुल निर्माण एक महिनाभित्र सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    आँबुखैरेनी गाउँपालिका–५ र भरतपुर महानगरपालिका–२९ जोड्न १२ वर्षअघि त्रिशूलीमाथिको निर्माण थालिएको पुल हालसम्म पूरा नभएको सन्दर्भमा उनको यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

    मन्त्री लम्सालले पुरानै संरचना वा नयाँमा पुल बनाउने निर्णय भइनसकेको बताए । निर्माणको जिम्मा पाएको कम्पनीसँगको ठेक्का सम्झौता तोडिएको छ । पुलका केही पिल्लर मात्र निर्माण भएका छन् ।

    स्थानीयवासीले पुल निर्माणमा भइरहेको ढिलाइप्रति पटकपटक मन्त्री, सांसद र सडक डिभिजन कार्यालयका पदाधिकारीको ध्यानाकर्षण गराउँदै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images