images
images
  • इरानले सैन्य अखडाहरू ध्वस्त पारेपछि अमेरिका अफ्रिकातर्फ लागेको आईआरजीसीको दाबी

    काठमाडौं– इरानले मध्यपूर्वका क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडाहरू ध्वस्त पारेपछि अमेरिका अफ्रिकामा नयाँ सैन्य अखडा स्थापना गर्ने योजनामा रहेको इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ताले दाबी गरेका छन् । पश्चिम एसिया समाचार एजेन्सी (वाना) का अनुसार आईआरजीसीका प्रवक्ता होसेन मोहेब्बीले अमेरिका केन्या तथा अफ्रिकाको हर्न अफ अफ्रिका क्षेत्रमा सैन्य अखडा स्थापना गर्ने प्रयासमा रहेको बताएका हुन् ।

    उनका अनुसार इरानले आक्रमण गरी अमेरिकाका केही सैन्य अखडा ध्वस्त पारेको छ भने अन्य केही अखडालाई सञ्चालन गर्न नसकिने अवस्थामा पुर्‍याएको छ । मोहेब्बीले मध्यपूर्वमा रहेका सैन्य अखडाहरू प्रयोग गर्न कठिन भएपछि अमेरिकाले इरानको क्षेप्यास्त्रको पहुँचभन्दा बाहिर रहेर अफ्रिकामा सैन्य उपस्थिति विस्तार गर्न खोजेको दाबी गरेका छन् ।

    पछिल्ला महिनाहरूमा सार्वजनिक भएका विभिन्न समाचारमा इरानका आक्रमणबाट मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडाहरूमा अर्बौं डलर बराबरको क्षति पुगेको उल्लेख गरिएको छ । यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरानले गरेका अधिकांश आक्रमणलाई निष्प्रभावी पारिएको दाबी गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images