images
images
  • इरानमा अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा, एक अमेरिकी डलरको मूल्य तीन लाख तोमान

    काठमाडौं– इरानको अनौपचारिक मुद्रा बजारमा अमेरिकी डलरको मूल्य पुनः अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। बजारमा एक अमेरिकी डलरको मूल्य इरानी मुद्रामा तीन लाख तोमान पुगेको हो।

    अमेरिकाका अर्थमन्त्री स्कट बेसेन्टले यसै वर्ष गर्मीयाममा ‘आर्थिक अलगाव’ योजना घोषणा गर्ने क्रममा डलरको मूल्य ३० लाख रियालसम्म पुग्ने बताएका थिए।

    इरानमा पछिल्ला केही दिनयता विदेशी मुद्राको मूल्य तीव्र रूपमा बढिरहेको छ। गत आइतबार मात्रै एक अमेरिकी डलरको मूल्य करिब दुई लाख ६८ हजार तोमान रहेको थियो।

    विदेशी मुद्राको मूल्य लगातार बढिरहेका बेला इरानको केन्द्रीय बैंकका प्रमुख अब्दुलनासिर हिम्मतीले भने मुद्रा बजारमा हस्तक्षेप गरी विनिमय दर स्थिर राख्न बैंक तयार रहेको बताएका छन्।

    इरानमा दैनिक बोलचालका क्रममा रियालको सट्टा तोमान प्रयोग गर्ने चलन छ। एक तोमान बराबर १० रियाल हुन्छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images