images
images
  • चार महिनामा २० अर्बभन्दा बढीको विद्युत् निर्यात

    काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ ।

    साउनदेखि कात्तिकसम्म २ अर्ब ३८ करोड ८७ लाख युनिट विद्युत् भारत र बंगलादेशमा निर्यात गरी प्राधिकरणले उक्त आम्दानी गरेको हो । यस अवधिमा विद्युत्को औसत बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ५८ पैसा रहेको छ ।

    कात्तिकमा मात्रै ५२ करोड ९३ लाख युनिट विद्युत् निर्यातबाट ४ अर्ब ६ करोड २५ लाख रुपैयाँ आम्दानी भएको छ । महिनागत रूपमा साउनमा ५ अर्ब १३ करोड, भदौमा ५ अर्ब २२ करोड र असोजमा ६ अर्ब ५ करोड रुपैयाँको विद्युत् निर्यात भएको थियो ।

    प्राधिकरणले भारतको ऊर्जा एक्सचेन्ज बजार, हरियाणा र बिहार राज्य तथा त्रिपक्षीय सम्झौतामार्फत बंगलादेशमा विद्युत् बिक्री गर्दै आएको छ । गत आर्थिक वर्ष २०८२/०८३ मा नेपालले ३ अर्ब ९७ करोड युनिट विद्युत् निर्यात गरी २९ अर्ब ३१ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

    सोही अवधिमा विद्युत् आयातमा १० अर्ब ५६ करोड रुपैयाँ खर्च भएको थियो । यससँगै नेपाल विद्युत्को खुद निर्यातकर्ता बनेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images