images
images
  • जेनजी आन्दोलन प्रतिवेदन अन्तिम चरणमा, सुरक्षा सुधारका सिफारिस हुँदै

    काठमाडौं– जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीको भूमिकाबारे अध्ययन गर्न गठित उच्चस्तरीय समितिले प्रतिवेदन लेखन अन्तिम चरणमा पुगेको जनाएको छ ।

    उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्की नेतृत्वको समितिले सुरक्षा व्यवस्थापनमा गम्भीर कमजोरी औँल्याउँदै सरकारलाई नीतिगत, कानुनी र संरचनागत सुधारका सिफारिस गर्ने तयारी गरेको छ ।

    समितिले घटनाका भिडियो, प्रमाण, सुरक्षा अधिकारीसँगको छलफल तथा अन्तर्राष्ट्रिय अभ्यासको अध्ययनपछि प्रतिवेदन तयार पारेको हो ।

    प्रारम्भिक निष्कर्षअनुसार भीड नियन्त्रणका क्रममा गैरघातक उपकरण, तालिम र पूर्वतयारीको अभाव देखिएको छ भने स्पष्ट कमान्ड प्रणाली र आधुनिक भीड व्यवस्थापन नीति आवश्यक रहेको उल्लेख गरिएको छ ।

    समितिले यसअघि गौरीबहादुर कार्की आयोगले सुरक्षा निकायका उच्च अधिकारीमाथि गरेको कारबाही सिफारिसको कानुनी आधारसमेत समीक्षा गरिरहेको छ ।

    असार २२ गतेभित्र मन्त्रिपरिषद्मा बुझाइने प्रतिवेदनलाई सुरक्षा प्रशासन, कानुनी उत्तरदायित्व र भीड व्यवस्थापन नीतिका दृष्टिले महत्वपूर्ण दस्तावेजका रूपमा हेरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images