ब्रसेल्स– युरोपमा ग्रीष्मयामको सुरुमै देखिएको तीव्र गर्मीका कारण बुधबार करिब ९ करोड ५० लाख मानिसले ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रमको सामना गर्ने अनुमान गरिएको छ ।
हंगेरी, स्लोभाकिया, रोमानिया, युक्रेन, सर्बिया, क्रोएसियालगायत पूर्वी तथा दक्षिणी युरोपका देश सबैभन्दा बढी प्रभावित हुनेछन्। स्पेन र इटालीमा पनि लाखौं मानिस उच्च तापक्रमको चपेटामा पर्ने अपेक्षा गरिएको छ ।
वैज्ञानिकहरूले जलवायु परिवर्तनकै प्रभावका कारण यस्तो असामान्य गर्मीको लहर आएको बताएका छन् ।
अत्यधिक गर्मीका कारण विद्यालय बन्द, बाहिरी गतिविधि रद्द तथा स्वास्थ्य जोखिम बढेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















