images
images
  • चिनियाँ अर्बपति गुओ वेनगुईलाई ३० वर्ष जेल, ८८९ मिलियन डलर सम्पत्ति जफत

    न्युयोर्क– अमेरिकाको संघीय अदालतले चीनका आलोचक तथा अर्बपति व्यवसायी गुओ वेनगुई (माइल्स क्वोक)लाई ठगी, आपराधिक गिरोह सञ्चालनलगायत अभियोगमा दोषी ठहर गर्दै ३० वर्ष जेल सजाय सुनाएको छ ।

    अदालतले उनीसँग सम्बन्धित ८८९ मिलियन अमेरिकी डलर बराबरको सम्पत्ति पनि जफत गर्न आदेश दिएको छ ।

    अभियोजनका अनुसार गुओले आफ्ना समर्थकबाट उठाइएको एक अर्ब डलरभन्दा बढी रकम दुरुपयोग गरेका थिए ।

    जुलाई २०२४ मा १२ मध्ये ९ अभियोगमा दोषी ठहर भएका गुओले भने आफू निर्दोष रहेको दाबी गर्दै फैसलाविरुद्ध पुनरावेदन गर्ने बताएका छन् ।

    न्यायाधीश एनालिसा टोरिसले गुओ र उनको परिवारले चिनियाँ कम्युनिस्ट पार्टीबाट दुव्र्यवहार भोगेको हुन सक्ने स्वीकार गरे पनि त्यसले ठगीलाई उचित ठहराउन नसक्ने स्पष्ट पारिन् ।

    अब उनका समर्थकहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आममाफी (पार्डन)को माग गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images