images
images
  • फाष्ट ट्र्याकमा सयौँ कानुन निर्माण र हजारौँ संशोधनको तयारीमा सरकार

    काठमाडौं– सरकारले आगामी आर्थिक वर्षभित्र करिब डेढ सय नयाँ तथा संशोधित कानुन निर्माण गर्ने तयारी थालेको छ ।

    विधायन ऐनअनुसार आगामी वर्ष बनाइने कानुनको सूची संसद्लाई जानकारी गराउनुपर्ने व्यवस्था अनुसार विभिन्न मन्त्रालयबाट प्रस्ताव संकलन गरिएको हो ।

    हालसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शिक्षा तथा खेलकुद मन्त्रालयबाहेक १६ मन्त्रालयबाट १२८ वटा कानुनको प्रस्ताव प्राप्त भएको छ ।

    कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले १३ वटा कानुन संशोधनको प्रस्ताव गरेको छ, जसमा मुलुकी देवानी र फौजदारी संहितासहित पाँच प्रमुख कानुन संशोधनको तयारी छ ।

    सबैभन्दा धेरै १७ वटा कानुन संशोधनको प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पठाएको छ ।

    स्वास्थ्य मन्त्रालयले १४, अर्थ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १२१२ तथा गृह मन्त्रालयले ११ वटा कानुन संशोधनका लागि प्रस्ताव गरेका छन् ।

    कानुन मन्त्रालयले प्राप्त मस्यौदामाथि कानुनी परामर्श र परिमार्जन गरेपछि मन्त्रिपरिषद्बाट स्वीकृत गराई संसद्मा विधेयकका रूपमा दर्ता गर्ने प्रक्रिया अघि बढाइने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images