images
images
  • कांग्रेसमा क्रियाशील सदस्यता विवाद झन् पेचिलो, एक महिनासम्म केन्द्रमा पुगेन नयाँ विवरण

    काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा क्रियाशील सदस्यता विवाद झन् गहिरिएको छ ।

    सदस्यता अद्यावधिक र नयाँ सदस्यता वितरणको कार्यतालिका प्रभावित हुँदा महाधिवेशनको तयारीसमेत अन्योलमा परेको छ ।

    नयाँ क्रियाशील सदस्यता खुलाएको एक महिना बितिसक्दा पनि कतिले आवेदन दिए भन्ने यकिन विवरण केन्द्रमा पुग्न सकेको छैन ।

    महामन्त्री प्रदीप पौडेलका अनुसार वडा तहदेखि केन्द्रसम्म पाँच चरणको प्रक्रिया पार गर्नुपर्ने भएकाले विवरण आउन ढिलाइ भएको हो ।

    हालसम्म करिब ६ लाख ४७ हजार सदस्यले क्रियाशील सदस्यता अद्यावधिक गरेका छन् ।

    तर, पूर्वसभापति शेरबहादुर देउवा र डा.शेखर कोइराला समूहका धेरै नेता–कार्यकर्ताले सदस्यता नवीकरण नगरेपछि विवाद थप चर्किएको छ ।

    सभापति गगन थापाले नवीकरण नगर्नेहरूलाई पार्टी सदस्यका रूपमा नचिन्ने अभिव्यक्ति दिएपछि असन्तुष्ट पक्ष झन् आक्रोशित बनेको छ ।

    यता संस्थापनइतर समूहले सातै प्रदेशमा प्रदेशस्तरीय भेला सम्पन्न गर्दै पार्टीमा एकता कायम गर्न, विशेष महाधिवेशनबाट अलगिएका नेता–कार्यकर्तालाई मूलधारमा फर्काउन र समसामयिक राजनीतिको समीक्षा गर्न अभियान अघि बढाएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images