images
images
  • पाकिस्तानको हवाई आक्रमणमा ३६ अफगानीको मृत्यु

    काबुल– पाकिस्तानले आइतबार राति अफगानिस्तानका पक्तिया, पक्तिका र कुनार प्रान्तमा गरेको हवाई आक्रमणमा कम्तिमा ३६ सर्वसाधारणको मृत्यु भएको छ भने १६० भन्दा बढी घाइते भएका छन् ।

    अफगानिस्तानका तालिबान सरकारका सहायक प्रवक्ता हमदुल्लाह फित्रतका अनुसार पक्तिया प्रान्तमा एक घरमा भएको आक्रमणपछि उद्धारका लागि भेला भएका स्थानीयमाथि पुनः बमबारी हुँदा मात्रै २८ जनाको ज्यान गएको हो ।

    पक्तिका प्रान्तमा अर्को आक्रमणमा महिला र बालबालिकासहित ६ जनाको मृत्यु भएको छ ।

    पाकिस्तानले भने अफगानिस्तानबाट हुने सशस्त्र आक्रमणको जवाफस्वरूप कारबाही गरिएको जनाएको छ ।

    केही दिनअघि कराँचीस्थित अर्धसैनिक बलको मुख्यालयमा भएको आक्रमणपछि यो हवाई कारबाही गरिएको पाकिस्तानको दाबी छ ।

    पाकिस्तानले अफगानिस्तानस्थित तालिबान सरकारले पाकिस्तानी तालिबान (टीटीपी)लाई सहयोग गरिरहेको आरोप लगाउँदै आएको छ, जसलाई अफगानिस्तानले अस्वीकार गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images