images
images
  • राष्ट्रिय स्वतन्त्र पार्टीमा बल्झियो केन्द्रीय सदस्य विवाद, निर्वाचन आयोगमा पर्याे उजुरी

    काठमाडौं- मंगलबार गण्डकी भूगोलबाट निर्वाचित केन्द्रीय सदस्यको नामावलीबाट नाम हटेका
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सोम शर्माले केन्द्रीय निर्वाचन आयोगमा उजुरी दिएका छन् ।

    उनले मंगलबार गण्डकी भूगोलबाट निर्वाचित केन्द्रीय सदस्यको नामावलीबाट आफ्नो नाम हटाउनुको कारण जवाफ दिएर सूची फेरि सच्याउन माग गर्दै उजुरी दिएका हुन् ।

    चौथो उच्च मत प्राप्त उम्मेदवारलाई हटाएर पाँचौं स्थानभन्दा माथिको मत परिणामलाई नै उल्ट्याउने गरी गरिएको परिमार्जित निर्णयले विधानको मर्म, विधायकी मनसाय तथा विधानको दफा २२ (४) को व्यवस्था र निर्वाचनको आधारभूत सिद्धान्तसँग मेल नखाने शर्माले उजुरीमा उल्लेख गरेका छन् ।

    ‘त्यसैले मलाई निर्वाचित सूचीबाट हटाई गरिएको संशोधित भनिएको निर्णय वैधानिक, न्यायसंगत र विधिसम्मत देखिदैन,’ उनले भनेका छन्, ‘यसर्थ यो निर्णय वैधानिक ठहर्दैन । अतः विधान तथा घोषित मत परिणामको आधारमा मलाई गण्डकी प्रदेशबाट निर्वाचित केन्द्रीय सदस्यको रूपमा कायम गरियोस् ।’

    यसअघि महाधिवेशनमा उम्मेदवारहरूबाट नै बढी मत ल्याए पनि कलस्टर मिलाउने क्रममा निर्वाचित नभएको गुनासो आएपछि आयोगले सूची सच्याएर केन्द्रीय सदस्यहरूको नाम हेरफेर गरेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images