काठमाडौं- प्रभु बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन केन्द्रीय विभाग, कीर्तिपुरलाई डिजिटल बोर्ड हस्तान्तरण गरेको छ।
बैंकले शिक्षामा प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले उक्त डिजिटल बोर्ड उपलब्ध गराएको जनाएको छ। बैंकका अनुसार यस सहयोगले व्यवस्थापन केन्द्रीय विभागमा डिजिटल शिक्षण–सिकाइ प्रक्रियालाई थप प्रभावकारी, अन्तरक्रियात्मक तथा प्रविधिमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
डिजिटल बोर्ड हस्तान्तरण कार्यक्रममा प्रभु बैंकका प्रमुख बजार व्यवस्थापक दीपेन्द्र बाबु बिष्ट, मार्केटिङ म्यानेजर सबिन राणा तथा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागका विभागीय प्रमुख प्रोफेसर भवानी शंकर आचार्य, डा। सुनिता भण्डारीलगायत विभागका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
प्रभु बैंकले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा सामुदायिक विकासका क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै समाजप्रति आफ्नो दायित्व निर्वाह गर्ने जनाएको छ।
हाल प्रभु बैंकले देशभर रहेका ३०० शाखा कार्यालय, २६५ एटीएम तथा ६६ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नारासहित आधुनिक बैंकिङ तथा वित्तीय सेवा प्रदान गर्दै आएको छ।


विश्व खबर 




















