images
images
  • साउदीद्वारा ३३ नेपालीलाई क्षमादान, जोगिए मृत्युदण्ड सजायबाट

    काठमाडौं– साउदी अरब सरकारले रामदानको अवसरमा विभिन्न जेलमा रहेका ३३ नेपालीलाई क्षमादान दिएपछि नेपाल सरकारले औपचारिक रूपमा धन्यवाद व्यक्त गरेको छ ।

    परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै क्षमादानप्रति साउदी सरकारप्रति आभार व्यक्त गरेको हो ।

    मन्त्रालयले क्षमादान पाएका नेपालीहरू क्रमशः स्वदेश फर्कने जनाएको छ ।

    यद्यपि, क्षमादान पाउने व्यक्तिहरूको नामावली भने सार्वजनिक गरिएको छैन ।

    मन्त्रालयका अनुसार यो कदमले नेपाल–साउदी अरबबीचको मित्रवत् सम्बन्ध र आपसी सद्भावलाई थप सुदृढ बनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images