काठमाडौं– काठमाडौंबाट चीन–नेपाल सीमावर्ती लप्ची क्षेत्रमा घुम्न पुगेका दुई नेपाली युवा चिनियाँ सुरक्षाकर्मीको नियन्त्रणमा परेका छन् ।
काठमाडौंका मनोज प्रजापति र भक्तपुरका सुदीप थापामगरलाई सीमाक्षेत्रमा ड्रोन उडाएको आरोपमा असार १२ गते चिनियाँ सुरक्षाकर्मीले नियन्त्रणमा लिई स्थानीय प्रहरीको जिम्मा लगाएको सुरक्षा स्रोतले जनाएको छ ।
उनीहरू हाल न्यालम काउन्टीमा रहेका छन् भने उनीहरूको रिहाइका लागि नेपाली सुरक्षा निकाय र अध्यागमन कार्यालयले चिनियाँ पक्षसँग समन्वय गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्























