images
images
  • राहदानी विवाद : जर्मनले हकारेपछि प्रम बालेन डरले काप्दै पछि हटे

    काठमाडौं– इ–पासपोर्ट छपाइको ठेक्का तत्काल रद्द गर्न प्रधानमन्त्री बालेन शाहको सचिवालयबाट परेको तीव्र दबाब अन्ततः रोकिएको छ ।

    जर्मन कम्पनीसँगको सम्झौता समयअघि तोडिए नेपाल अन्तर्राष्ट्रिय मध्यस्थता (आर्बिट्रेसन)मा तानिन सक्ने र त्यसबाट ठूलो आर्थिक तथा कूटनीतिक क्षति हुन सक्ने चेतावनीपछि प्रधानमन्त्री सचिवालय असार ३१ गतेसम्म पर्खिने निष्कर्षमा पुगेको स्रोतले जनाएको छ ।

    परराष्ट्रमन्त्री शिशिर खनालले जर्मन कम्पनीहरूको सहयोगमा राहदानी विभागले असार ३१ (जुलाई १५) भित्र नयाँ इ–पासपोर्ट छाप्न सुरु गर्नेमा आफू पूर्ण विश्वस्त रहेको बताएका छन् ।

    मन्त्री बनेदेखि नै राहदानी विभागको नियमित अनुगमन गर्दै आएको उल्लेख गर्दै उनले तोकिएको समयसीमाभित्रै काम सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् ।

    यसअघि प्रधानमन्त्री सचिवालयका केही सदस्यहरूले जर्मन कम्पनीहरूले समयमै पासपोर्ट छाप्न नसक्ने दाबी गर्दै उनीहरूसँग भएको ठेक्का तत्काल रद्द गर्न दबाब दिएका थिए ।

    सोही क्रममा सचिवालयका सदस्य माधव खनालले राहदानी विभागका प्रमुख तथा परराष्ट्र मन्त्रालयका सहसचिव दीपक बिकलाई फोन गरी सोमबारभित्र ठेक्का तोड्ने निर्णय गर्न दबाब दिएको विभाग स्रोतको दाबी छ ।

    तालुकदार मन्त्रालयलाई बाइपास गर्दै मौखिक रूपमा यस्तो निर्देशन आएपछि राहदानी विभागका अधिकारीहरू आइतबार परराष्ट्र मन्त्रालय पुगेका थिए ।

    विभागका सहसचिव दीपक बिकसहितको टोलीले परराष्ट्रमन्त्री शिशिर खनाल, परराष्ट्र सचिव अमृत राई तथा प्रशासन विभागका प्रमुख सुरेन्द्र यादवसमक्ष सचिवालयबाट आएको दबाबबारे विस्तृत जानकारी गराएको थियो ।

    बैठकमा विभागका अधिकारीहरूले सचिवालयका तर्फबाट ूठेक्का जसरी पनि तोड्नू, निर्णय विभाग आफैंले गर्न सक्छ, मन्त्रीलाई पनि सोध्नुपर्दैनू भन्ने किसिमको मौखिक निर्देशन आएको जानकारी गराएका थिए ।

    त्यसपछि परराष्ट्रमन्त्री खनालले जर्मन कम्पनीलाई तोकिएको समयसीमाअघि कुनै पनि बहानामा ठेक्का रद्द गर्न नहुने स्पष्ट अडान राखेका थिए ।

    समयअघि सम्झौता तोडिए कम्पनीहरूले अन्तर्राष्ट्रिय आर्बिट्रेसनमा जान सक्ने र त्यसले नेपाललाई आर्थिक तथा प्रतिष्ठागत रूपमा ठूलो नोक्सानी पुर्‍याउन सक्ने उनले बताएका थिए ।

    सोमबार प्रधानमन्त्री सचिवालयका सल्लाहकार असिम शाह, आइटी सल्लाहकार विवेक मिश्र र सदस्य माधव खनाल परराष्ट्र मन्त्रालय पुगेर इ–पासपोर्ट ठेक्काबारे छलफल गरेका थिए ।

    छलफलका क्रममा पनि मन्त्री खनालले प्रक्रिया होइन, परिणाममा केन्द्रित हुनुपर्ने बताउँदै असार ३१ सम्म पर्खिनुपर्ने धारणा दोहोर्‍याएका थिए ।

    छलफलपछि जर्मन कम्पनी र राहदानी विभागलाई तोकिएको समयसम्म काम गर्न दिने र असार ३१ सम्म नयाँ इ–पासपोर्ट छाप्न नसके मात्र वैकल्पिक निर्णयबारे सोच्ने समझदारी बनेको मन्त्री खनालले बताएका छन् ।

    यसपछि राहदानी विभागका अधिकारीहरूले अब सचिवालयबाट प्रत्यक्ष हस्तक्षेप नहुने विश्वास व्यक्त गरेका छन् ।

    मन्त्रालयबाट सबै परीक्षण र तयारी तीव्र रूपमा सम्पन्न गरी तोकिएको मितिभित्र नयाँ प्रणालीबाट इ–पासपोर्ट छाप्ने जिम्मेवारी विभागको रहेको उनीहरूको भनाइ छ ।

    यता, यही ठेक्का प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका अधिकारीहरू, जर्मन कम्पनीका इन्जिनियर तथा स्थानीय प्रतिनिधिसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ ।

    यसअघि प्रधानमन्त्री सचिवालयका सदस्यहरूले अख्तियारका पदाधिकारीहरूमाथि अनुसन्धान प्रक्रिया अघि बढाउन दबाब दिएको आरोपसमेत सार्वजनिक भएको थियो ।

    नेपाल सरकारको बहुचर्चित इ–पासपोर्ट खरिद प्रक्रियामा पछिल्ला केही दिन भएका घटनाक्रमले एउटा गम्भीर प्रश्न उठाएको छ, संवेदनशील सार्वजनिक खरिदसम्बन्धी निर्णय कानुनी प्रक्रिया र सम्बन्धित मन्त्रालयबाट हुन्छ कि प्रधानमन्त्री सचिवालयको प्रत्यक्ष हस्तक्षेपबाट ?

    पछिल्ला केही दिनमा राहदानी विभाग, परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री सचिवालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबीच भएका गतिविधिले इ–पासपोर्ट ठेक्का अब केवल सार्वजनिक खरिदको विषयमा सीमित नरही शक्ति संघर्षको केन्द्र बनेको देखिएको छ ।

    प्राप्त जानकारीअनुसार प्रधानमन्त्री सचिवालयका केही सदस्यहरूले जर्मन कम्पनीहरूसँग भएको इ–पासपोर्ट ठेक्का तत्काल रद्द गर्न राहदानी विभागमाथि तीव्र दबाब दिएका थिए ।

    विभागका अधिकारीहरूका अनुसार यो दबाब लिखित निर्णय वा औपचारिक पत्रमार्फत नभई प्रत्यक्ष टेलिफोन संवादमार्फत आएको थियो ।

    स्रोतका अनुसार सचिवालयका सदस्य माधव खनालले राहदानी विभागका प्रमुख दीपक बिकलाई सम्पर्क गरी सोमबारभित्रै ठेक्का तोड्ने निर्णय गर्न आग्रह गरेका थिए ।

    विभागका अधिकारीहरूले यो निर्देशन तालुकदार मन्त्रालयलाई जानकारी नदिई आएको भन्दै त्यसलाई अस्वाभाविक मानेका थिए ।

    दबाबपछि मन्त्रालयमा ‘गुहार’

    दबाब बढेपछि राहदानी विभागका वरिष्ठ अधिकारीहरू आइतबार परराष्ट्र मन्त्रालय पुगे ।

    उनीहरूले मन्त्री शिशिर खनाल, परराष्ट्र सचिव अमृत राई तथा अन्य उच्च अधिकारीलाई सचिवालयबाट आएको दबाबबारे जानकारी गराएका थिए ।

    बैठकमा विभागले सचिवालयबाट ठेक्का विभाग आफैंले तोड्न सक्छ, मन्त्रीसँग सोध्न आवश्यक छैन भन्ने आशयको मौखिक निर्देशन आएको जानकारी दिएको स्रोतको दाबी छ ।

    मन्त्रीको अडानः ‘समयअघि ठेक्का तोड्नु कानुनी जोखिम’

    परराष्ट्रमन्त्री शिशिर खनालले भने फरक धारणा राखे ।

    उनका अनुसार ठेक्का अवधि समाप्त हुनुअघि सम्झौता रद्द गरिए जर्मन कम्पनीहरूले अन्तर्राष्ट्रिय आर्बिट्रेसनमा जाने आधार प्राप्त गर्न सक्छन् ।

    त्यसबाट नेपालले ठूलो आर्थिक क्षति बेहोर्नुपर्ने मात्र होइन, अन्तर्राष्ट्रिय सार्वजनिक खरिदमा नेपालको विश्वसनीयतामाथि समेत प्रश्न उठ्न सक्ने जोखिम रहेको उनले बैठकमा औँल्याएका थिए ।

    मन्त्रीले राहदानी विभागलाई असार ३१ सम्म काम गर्न दिनुपर्ने र त्यसपछि मात्र कार्यसम्पादनका आधारमा निर्णय लिनुपर्ने धारणा राखेको मन्त्रालय स्रोत बताउँछ ।

    के परिवर्तन भयो ?

    सोमबार प्रधानमन्त्री सचिवालयका प्रतिनिधिहरू परराष्ट्र मन्त्रालय पुगेपछि भएको छलफलमा सचिवालय तत्काल ठेक्का रद्द गर्ने अडानबाट पछि हटेको मन्त्रालय स्रोतको दाबी छ ।

    छलफलपछि असार ३१ सम्म जर्मन कम्पनीलाई काम गर्न दिने र त्यसपछि मात्रै थप निर्णय गर्ने समझदारी बनेको बताइएको छ ।

    यदि यो सहमति कार्यान्वयनमा गयो भने केही दिनअघिसम्म तत्काल ठेक्का रद्द गर्न जोड दिइरहेको सचिवालयले आफ्नो प्रारम्भिक अडान परिवर्तन गरेको देखिन्छ ।

    अख्तियारको मुद्दाले थप जटिल बनाएको विवाद

    यही ठेक्का प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका अधिकारी, जर्मन कम्पनीका इन्जिनियर तथा स्थानीय प्रतिनिधिसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ ।

    यसअघि प्रधानमन्त्री सचिवालयका सदस्यहरूले अख्तियारका पदाधिकारीहरूसँग अनुसन्धान प्रक्रियाबारे छलफल गरेको तथा दबाब दिएको भन्ने आरोप पनि सार्वजनिक भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images