images
images
  • प्रम बालेनद्वारा २१० जनालाई राजनीतिक नियुक्ति, राज्यलाई मासिक १ करोड भार

    काठमाडौं– सरकारले १७ वटा मन्त्रालयमा मन्त्रीहरूका लागि सचिवसरहका सल्लाहकार र ९ सदस्यीय स्वकीय सचिवालय राख्ने निर्णय गरेपछि यसको औचित्यमाथि प्रश्न उठेको छ ।

    मन्त्रालयमा सचिव र सहसचिवसहितको स्थायी प्रशासनिक संयन्त्र हुँदाहुँदै समानान्तर संरचना खडा गर्दा प्रशासनिक खर्च बढ्ने र कर्मचारीतन्त्रको भूमिका कमजोर हुने भन्दै पूर्वप्रशासकहरूले आलोचना गरेका छन् ।

    निर्णयअनुसार ५७ जना सचिवसरहका सल्लाहकार र १५३ जना सचिवालय सदस्य गरी २१० जनाको राजनीतिक नियुक्ति हुनेछ ।

    यसबाट तलबमै मासिक एक करोड रुपैयाँभन्दा बढी खर्च थपिने अनुमान छ भने गाडी, इन्धन र अन्य सुविधा जोडिँदा आर्थिक भार अझ बढ्नेछ ।

    सुशासन, मितव्ययिता र प्रशासनिक सुधारको नारा दिएर आएको सरकारले मन्त्रालय घटाएर खर्च कटौती गर्ने दाबी गरे पनि अर्कोतर्फ जम्बो सचिवालय विस्तार गरेको भन्दै निर्णयलाई विरोधाभासपूर्ण कदमका रूपमा हेरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images