images
images
  • देशभर मनसुनी गतिविधि बढ्न थाल्यो, भारी वर्षा तथा हावाहुरीको सम्भावना

    काठमाडौं – देशभरी मनसुनको गतिविधि बढ्न थालेको छ । मंगलबार बिहान जल तथा मौसम बिज्ञान भिाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरको तीन दिने मौसम बुलेटिन अनुससार देशका धरै स्थानमा भारी देखि भारी वर्षा तथा हावाहुरीको सम्भावना छ ।

    आगामी तीन दिन बिहिबारसम्मका लागि विशेष चेतावनी तथा परामर्श जारी गरेको छ । महाशाखाले आम नागरिकलाई आवश्यक सतर्कता अपनाउन र मौसमको पछिल्लो सूचनामा अध्यावधिक रहन अनुरोध सम्मेत गरेको छ ।

    महाशाखाका कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

    आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्र तथा मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार बुधबार देशभर पूर्णतया बदली रहनेछ। पहाडी भू-भागका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ भने मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। तराईका केही क्षेत्रमा हावाहुरीको जोखिम पनि रहनेछ।

    यस्तै, बिहीबार पनि देशभर पूर्णतया बदली रहने पूर्वानुमान गरिएको छ। पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्र र मधेस प्रदेशका केही स्थानमा भारी वर्षासँगै हावाहुरीको जोखिम कायमै रहने महाशाखाले जनाएको छ।

    महाशाखाले विशेषगरी कोशी, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र मधेस प्रदेशका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले पहाडी क्षेत्रमा पहिरो, भू-क्षय र गेग्रान बहाव तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको जनाएको छ।

    नदी तथा खोलामा जलसतह बढ्न सक्ने, सडक तथा यातायात सेवा प्रभावित हुन सक्ने भएकाले उच्च सतर्कता अपनाउन र आवश्यक सावधानीका उपाय अवलम्बन गर्न महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images