काठमाडौं– जेनजी आन्दोलनमा बल प्रयोग गरेका सुरक्षाकर्मीमाथि फौजदारी कसुरमा कारबाही नगर्ने दिशामा सरकार अघि बढेको छ ।
प्रेमराज कार्की नेतृत्वको अध्ययन समितिले श्रीलंका, केन्या र इन्डोनेसियालगायत देशको अभ्यासलाई आधार बनाउँदै कर्तव्य पालनका क्रममा भएको बल प्रयोगलाई फौजदारी अपराधका रूपमा नहेर्ने निष्कर्ष तयार पारेको स्रोतले जनाएको छ ।
यसअघि गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीहरूमाथि फौजदारी तथा विभागीय कारबाही सिफारिस गरेको थियो ।
तर, अध्ययन समितिले उक्त सिफारिस पुनरावलोकन गर्दै केही नाम हटाउने, केहीको कारबाही खुकुलो बनाउने र फौजदारी सट्टा विभागीय कारबाहीमा सीमित गर्ने सुझाव दिने तयारी गरेको छ ।
समितिले आयोगको प्रतिवेदनमा आधार, सन्तुलन र पर्याप्त प्रमाणको कमी रहेको निष्कर्ष पनि निकालेको छ ।























