images
images
  • ब्राजिलले जापानलाई २–१ ले हराउँदै अन्तिम १६ मा स्थान बनायो

    काठमाडौं-फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ को दोस्रो नकआउट खेलमा ब्राजिलले जापानलाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

    ह्युस्टन स्टेडियममा सम्पन्न खेलमा जापानले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै १–० को अग्रता बनाएको थियो। खेलको २९औँ मिनेटमा काइशु सानोले गोल गर्दै जापानलाई अघि बढाएका थिए। सानोको यो अन्तर्राष्ट्रिय फुटबल करियरको पहिलो गोल पनि हो। पहिलो हाफभर जापानले ब्राजिलमाथि दबाब कायम राखेको थियो।

    तर दोस्रो हाफमा ब्राजिल पूर्ण रूपमा खेलमा फर्कियो। सुरुआतदेखि नै आक्रामक खेल प्रस्तुत गरेको ब्राजिलले ५६औँ मिनेटमा कासेमिरोको हेडरमार्फत बराबरी गोल गर्‍यो। त्यसपछि पनि लगातार अवसर सिर्जना गर्दै दबाब बढाएको ब्राजिलले इन्जुरी समयमा निर्णायक गोल निकाल्न सफल भयो।

    निर्धारित ९० मिनेटपछि थप गरिएको छैटौँ मिनेटमा गाब्रियल मार्टिनेलीले गोल गर्दै ब्राजिललाई २–१ को रोमाञ्चक जित दिलाए। अन्तिम मिनेटमा गोल खाएपछि जापानको विश्वकप यात्रा राउन्ड अफ ३२ मै टुंगियो भने ब्राजिल अन्तिम १६ मा प्रवेश गर्न सफल भयो।

    ब्राजिल र जापानबीचको विश्वकप इतिहास हेर्दा पनि ब्राजिलको पक्ष बलियो देखिन्छ। दुवै टोली यसअघि फिफा विश्वकप २००६ को समूह चरणमा आमनेसामने भएका थिए, जहाँ ब्राजिलले जापानलाई ४–१ ले पराजित गरेको थियो।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images