images
images
  • राहदानी काण्ड : ५ जनालाई धरौटीमा रिहा, ओली–आरजु पक्राउ पर्न सक्ने सम्भावना

    विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

    अदालतले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र नेपाल एजेन्ट मणिन्द्रराज मल्लसँग जनही ५ लाख रुपैयाँ, निर्देशक सुनिलकुमार केसीसँग ४ लाख तथा कर्मचारी सोमेश थापा र विपिन प्रसाईंसँग जनही ३ लाख रुपैयाँ धरौटी माग गरेको हो ।

    यस्तै, तुलसीप्रसाद आचार्य र राजाराम दाहाललाई भने साधारण तारेखमा रिहा गर्न आदेश दिइएको छ ।

    यद्यपि पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वमन्त्री तथा कांग्रेस नेतृ आरजु राणा देउवा अनुसन्धानको राडारमै छन् ।

    उनीहरू जतिबेला पनि पक्राउ पर्न सक्ने आकलन गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images