images
images
  • इजरायलद्वारा युद्धविराम उल्लंघन, लेवनानका आवासिय भवनमा आक्रमण

    काठमाडौं– हिजबुल्लाहले इजरायलले युद्धविराम सम्झौताको बारम्बार उल्लङ्घन गरेको आरोप लगाउँदै त्यस्ता गतिविधिको निरन्तर निगरानी भइरहेको र लेबनान तथा आफ्ना नागरिकको रक्षा गर्ने अधिकार सुरक्षित रहेको जनाएको छ ।

    सोमबार जारी विज्ञप्तिमा हिजबुल्लाहले दक्षिणी नाबाटीह र मेफादुन क्षेत्रमा रहेका आवासीय भवनमा इजरायली हवाई आक्रमण भएको तथा फ्रोन गाउँमा ड्रोन आक्रमण गरिएको दाबी गरेको छ ।

    विज्ञप्तिअनुसार इजरायली सेनाले तैयबेह, हद्दाथा र मजदल जुन क्षेत्रमा आवासीय भवन भत्काएको, बुर्ज कलाउइयेह र बाराचितमा नागरिक नजिक स्टन ग्रेनेड खसालेको तथा नाबाटीह अल–फौका र कफर तेब्नित गाउँमा शङ्कास्पद वस्तु छोडेको आरोप पनि लगाइएको छ ।

    लेबनानको सरकारी राष्ट्रिय समाचार एजेन्सीका अनुसार आइतबार इजरायली युद्धक विमानले नाबाटीह र मेफादुन क्षेत्रमा हवाई आक्रमण गरेका थिए ।

    साथै इजरायली सेनाले मजदल जुन क्षेत्रमा सुरुङ विस्फोट गराएको र सीमावर्ती सहर खियाममा भारी मेसिनगन प्रहार गरेको पनि जनाइएको छ ।

    लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार बुर्ज कलाउइयेह क्षेत्रमा इजरायली स्टन ग्रेनेड खस्दा दुई जना सर्वसाधारण घाइते भएका छन् ।

    यसैबीच, लेबनान र इजरायलले दुई पक्षबीच भएको पाँचौँ चरणको प्रत्यक्ष वार्तापछि जुन २६ मा वाशिङ्टनमा अमेरिकी मध्यस्थतामा एक सम्झौतामा हस्ताक्षर गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images