काठमाडौं– विश्वविद्यालयभित्रका दलीय विद्यार्थी सङ्गठनका भौतिक तथा साङ्गठनिक संरचना हटाउन त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले निर्देशन दिएको छ ।
विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सबै विभागीय प्रमुखलाई पत्राचार गर्दै ६० दिनभित्र यस्ता संरचना हटाउन र त्यसको ९० दिनभित्र विद्यार्थीहरूको स्वतन्त्र प्रतिनिधित्वका लागि ‘स्टुडेन्ट काउन्सिल’ वा ‘भ्वाइस अफ स्टुडेन्ट’ गठन गर्न निर्देशन दिएको हो ।
विश्वविद्यालय अनुदान आयोग र शिक्षा मन्त्रालयको निर्देशनअनुसार शैक्षिक क्षेत्रमा राजनीतिक हस्तक्षेप न्यूनीकरण र शैक्षिक गुणस्तर सुधारका लागि यो निर्णय गरिएको त्रिविले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्























